सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । सेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ । सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ ।

१ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि मंगलबार सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुग्दा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

बुधबार १३ मध्ये होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापारबाहेक सबै उपसमूह बढेका छन् । फाइनान्स समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ । ११९ कम्पनीको सेयरमूल्य बढ्दा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । सहारा लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको चौथो दिन पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर २७ करोड ६३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको २४ करोड ४८ लाख, ग्रीनलाइफ हाइड्रोपावरको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३० लाख र सोनापुर मिनरल्सको १४ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
११५ कम्पनीको सेयरमूल्य घट्दा सयपत्री हाइड्रोपावरका लगानीकर्ता ४.४८ प्रतिशत नोक्सानीमा छन् । १३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

Logo