बागमतीलाई प्लाष्टिकरहित बनाउन बजेट विनियोजन

बागमतीलाई प्लाष्टिकरहित बनाउन बजेट विनियोजन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउनका लागि १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बागमती सरकारले प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शनिबार हेटौंडास्थित प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वातावरणमैत्री कार्यक्रमका लागि रकम विनियोजन गरेको बताएका हुन् ।

यस्तै, वातावरण सम्मेलन गर्ने, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ ।

उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड विनियोजन गरेको घोषणा गरे ।

Logo