एसपीजी अटोमोबाइल्स र नबिल बैंकबीच ओमोडा ईभी ८० प्रतिशत फाइनान्समा उपलब्ध गराउने समझदारी

एसपीजी अटोमोबाइल्स र नबिल बैंकबीच ओमोडा ईभी ८० प्रतिशत फाइनान्समा उपलब्ध गराउने समझदारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रालि र नबिल बैंकबीच सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि समझदारी भएको छ।

गत जेठ २९ गते भएको सम्झौतानुसार ओमोडाको जुनैपनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउने छ।

ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङको सुविधा लिन सकिने बताइएको छ।

सम्झौताअनुसार ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गरेर ओमोडाका ईभी अर्थात विद्युतीय सवारी साधन खरिद गर्न सकिने बताइएको छ।

यो योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम कर्जा प्रवाह गरिनेछ भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन भने सक्ने बताइएको छ। २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिने एसपीजी अटोमोबाइल्सले जनाएको छ।

यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, वीरगन्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखरामा उपलब्ध गराइने एसपीजी अटोमोबाइल्सको दाबी छ।

एसपीजी अटोमोबाइल्सले ओमोडा ब्रान्डको पछिल्लो ईभी ओमोडा ई–फाइभ ६१ लाख ९९ हजार (सिङ्गल टोन) तथा ६२ लाख ४९ हजार (डुअल टोन) को प्रि–बजेट मूल्यमा उपलब्ध गराइरहेको छ।

नेपालमा सार्वजनिक भएदेखि नै ईभीमध्ये उत्कृष्ट रोजाई रहेको दावी गरिएको सो एसयूभीले ४३० किमी रेन्ज, १८० एमएम ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्ने कम्पनीको दाबी छ। ओमोडा ई–फाइभमा लेभल २.५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेकोपनि कम्पनीको दाबी रहेको छ।

नेपालका लागि एसपीजी अटोमोबाइल्स ओमाडा र जेइको अटोमोबाइल्सको आधिकारिक वितरक कम्पनी हो।

Logo