टाटा मोटर्सको घोषणा: नेक्सन एसयूभीले ७ वर्षमा ७ लाख युनिट बिक्री पार गर्यो

टाटा मोटर्सको घोषणा: नेक्सन एसयूभीले ७ वर्षमा ७ लाख युनिट बिक्री पार गर्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको गरेको घोषणा गरेको छ।

सन् २०१७ मा लन्च गरिएको टाटा नेक्सनले सन् २०२१ देखि २०२३ सम्ममा लगातार तीन वर्षसम्म भारतको सबैभन्दा धेरै बिक्री हुने एसयूभीको उपाधि हासिल गरेको दाबी गरिएको छ।

नेक्सनले २०१८ मा जीएनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको र फेब्रुअरी २०२४ मापनि अपडेट गरिएको नेक्सनले ५ स्टार जीएनक्याप रेटिङ हासिल गरेकोसाथै हालै नेक्सन ईभीले पनि पूर्ण अंक प्राप्त गरेको कम्पनीको दाबी रहेको छ।

पेट्रोल, डिजेल र इलेक्ट्रिक जस्ता विभिन्न पावरट्रेनमा उपलब्ध टाटा नेक्सनले समयसँगै आफ्नो स्थिति बलियो बनाउँदै पछिल्ला २ वर्षमा ३ लाखभन्दा बढी युनिट बिक्री गरेको टाटा नेक्सनको दाबी रहेको छ।

टाटा नेक्सन लन्च भएको २५ महिनाभित्र १ लाख युनिट बिक्री गरेको थियोभने त्यसको २० महिना भित्र टाटाले कुल २ लाख नेक्सन बिक्री गरेको बताइएको छ।

मार्च २०२२ र अक्टोबर २०२२ मा ३ र ४ लाख युनिट बिक्री भएको थियो। डिसेम्बर २०२३ सम्ममा नेक्सनको बिक्री सङ्ख्या ६ लाख युनिट पुगिसकेको कम्पनीको दाबी छ।

टाटाले अर्को ७ महिनाभित्र ७ लाख बिक्रीको लक्ष्य हासिल गरेको टाटा नेक्सनले जनाएको छ।

Logo