होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने

होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने घोषणा गरेको छ।

जापनिज टू ह्विलर ब्राण्ड होण्डाले आफ्नो सम्पूर्ण पेट्रोल मोटरसाइकल लाइनअपलाई बन्द गर्ने र सन् २०४० सम्ममा सबै इलेक्ट्रिक फ्लीटमा स्विच गर्ने बताएको छ।

सञ्चार माध्यममा आएको जानकारी अनुसार कम्पनीको २०२४ को लगानी रणनीति बैठकमा यो घोषणा गरिएको बताइएको छ।

कम्पनीले एक विज्ञप्ति जारी भनेको छ, ‘होण्डाले मोटरसाइकल र अटोमोबाइल जस्ता साना मोबिलिटी उत्पादनहरूको क्षेत्रमा ईभी सबैभन्दा प्रभावकारी समाधान हो भन्ने आफ्नो विश्वासलाई परिवर्तन गरेको छैन। ईभीलाई यसको विश्वव्यापी रूपमा सत् प्रतिशत प्रतिनिधित्व गर्ने होन्डाको विद्युतीकरण लक्ष्य छ। जसअनुसार २०४० सम्ममा होण्डाका सबै उत्पादन ईभी मात्रै हुनेछन्।’

होण्डाले मोटरसाइकललगायत साना मोविलिट उत्पादनमा शक्ति दिने मोबिलिटी पावर प्याक (एमपीपी)पनि प्रस्तुत गर्ने दाबी गरेको छ।

सन् २०२६ मा कम्पनीले ४ एमपिपीसहितको मोटरसाइकललाई जापानमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

Logo