नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू

नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू गरिएको छ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि पल्सर एन १५० को बिक्री सुरु गरेको हो।

कम्पनीले नेपालमा यसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेर केही समय अगाडिदेखि नै बुकिङका लागि खुला गरेको थियो।

कम्पनीका अनुसार यो स्पोर्टी मोटरसाइकल युवा पुस्तालाई मन पर्ने गरी दैनिक प्रयोग र उच्च क्षमताको सवारी दुवैका लागि उपयुक्त रहेको छ। बजाजले यसअघि नै एन सिरिजका एन २५० र एन १६० मोडलहरू बजारमा ल्याइसकेको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा सार्वजनिक भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँ मापदण्ड सेट गर्दै आइएको छ। ‘७० भन्दा बढी देशमा पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ। फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौँ,’ उनले भने।

एन १५० को एक आकर्षक विशेषता कल र एसएमएस अलर्टहरूको लागि यसको ब्लुटुथ जडान रहेको कम्पनीले जनाएको छ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट पनि रहनुका साथै यसको फ्युल इन्जेक्सन सिस्टम र बीएस ६ कम्प्लायन्सले बाइकको दक्षता बढाएको कम्पनीले जनाएको छ।

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्टसहितको स्लीक डिजाइनको उपलब्ध हुनेर यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको कम्पनीको दाबी रहेको छ। शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस समावेश गरिएको छ। अलोय ह्वील पनि राखिएको छ। सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस दिइएको छ।

पल्सर एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै एड्भान्स फिचरहरू छन्। यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध भएको बताइएको छ।

साथै, यो बाइकमा ‘क्याट’ सूचना प्रणाली र हाइड कनेक्ट एप पनि रहेको छ। यो बाइकमा सिंगल ट्युबुलर ह्यान्डल र एक यात्री फुटरेस्ट रहेको पनि कम्पनीको दाबी रहेको छ।

Logo