स्टार्टअप वर्ल्ड कप नेपाल २०२४ असार १३ मा

स्टार्टअप वर्ल्ड कप नेपाल २०२४ असार १३ मा

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ ।

नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको थियो ।

विकसित देशहरु सबैजसोमा स्टार्टअप वर्ल्ड कपको आयोजना हुने गरेको भए पनि नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वर्ल्ड कप भित्र्याएको हो । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपहरु मध्येबाट असार १३ गते नेपाल च्याम्पियन छनोट गरिने जनाइएको छ ।

नेपाल च्याम्पियन एउटा स्टार्टअपको आइडिया मेकरलाई अमेरिकाको सान–फ्रान्सिस्कोमा अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागिताको अवसर प्राप्त हुनेछ ।
स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने छन् ।

पछिल्लो एक दशकदेखि नेपालमा स्टार्टअप इकोसिस्टम बनाउन लागि परेको स्टार्टअप हब नेपालले जनाएको छ । नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके मुलुकको अर्थतन्त्रमा योगदानसँगै विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने आयोजकको विश्वास छ ।

Logo