गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को लागि आवेदन खुल्ला

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को लागि आवेदन खुल्ला

केन्द्रबिन्दु
14
Shares

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औं संस्करणको लागि आवेदन खलेको छ । पूर्वदेखि पश्चिमसम्म ५० बढी शहरहरू र एक हजार विद्यालय, कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरीहरुसम्म पुगेर कम्पनीले ग्लोकल टिन हिरो खोज्न लागेको हो । त्यसका लागि आवेदन खुल्ला भएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले कम्पनीको वेबसाइटमार्फत निशुल्क अनलाइन आवेदन भर्न सक्ने कम्पनीको भनाई छ ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्दछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।

हालसम्म नेपालका ९ जना किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो।

Logo