युनाइटेड ट्रेडर्स सिन्डिकेटले असार ५ देखि ७ सम्म ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम आयोजना गर्ने

युनाइटेड ट्रेडर्स सिन्डिकेटले असार ५ देखि ७ सम्म ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम आयोजना गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको युनाइटेड ट्रेडर्स सिन्डिकेटले असार ५ देखि ७ सम्म ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम आयोजना गर्ने भएको छ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले काठमाडौंको आनन्दनगर धुम्बाराहीस्थित टोयोटा शोरुममा सो इभेन्ट आयोजना गर्ने जनाएको छ।

२०८१ को लागि आयोजना गरिएको यो विशेष कार्यक्रममा ग्राहकलाई एक्सचेन्ज बोनस, अतिरिक्त सामान, नि:शुल्क बीमा, १२ वर्षसम्मको बैंकिङ्ग सुविधा, सडक करमा छुट र हरेक सवारी साधनको खरिदमा विभिन्न उपहारहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रत्येक टोयोटा टेस्ट ड्राइभको साथमा आकर्षक उपहार प्राप्त गर्नुका साथै ग्राहकहरूलाई उपलब्ध विभिन्न सुविधाहरूको बारेमा जानकारी गराइने बताइएको छ। टोयोटा नेपाल (युनाइटेड ट्रेडर्स सिन्डिकेट – यूटीएस)ले नेपाली बजारका लागि विभिन्न प्रकारका सवारीसाधन मोडेलहरू उपलब्ध गराएको र ग्राहकलाई आत्मविश्वासका साथ ती सवारी साधनहरूको परीक्षण गर्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ।

सो उत्सवमा ग्राहकलाई सहजीकरणका लागि गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसँग बैंकिङ फाइनान्सको पनि व्यवस्था गरिएको बताइएको छ।

टोयोटाको ‘मोबिलिटी फर अल’को ग्लोबल भिजनलाई समर्थन गर्दै यूटीएसले यो कार्यक्रमले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना प्रदान गर्ने घोषणा गरेको छ। जसले सवारी साधनको अधिकतम मूल्यांकन गर्ने अवसर प्रदान गर्ने बताएको छ।

Logo