महिन्द्राले ल्यायो “ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना

महिन्द्राले ल्यायो “ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना

केन्द्रबिन्दु
56
Shares

अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्सले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ ।

यस याेजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा रु. १००० को स्पेयर पार्ट्स खपत गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘ग्राहकहरूको सुविधाको लागि हामीले यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं । यो योजना पनि त्यसै अन्तर्गतको हो । हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचत का साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्विसिंग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने छ ।

Logo