आफ्ना उत्पादनबारे भ्रम फैलाइएपछि यशोदा फुड्सकाे गम्भिर ध्यानाकर्षण

आफ्ना उत्पादनबारे भ्रम फैलाइएपछि यशोदा फुड्सकाे गम्भिर ध्यानाकर्षण

केन्द्रबिन्दु
42
Shares

यशोदा फुड्सले आफ्नाे उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाएको दाबी गरेकाे छ ।

उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको जनाउँदै ग्राहकलाई ढुक्कसँग उपभोग गर्न आग्रह गरेकाे हाे । यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत कम्पनीकाे अपिल छ ।

यशोदा फुड्स प्रा. लि. का उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात भई उपभोक्ताको रोजाईमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरुको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको साथै ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ ।

Logo