बुवा केयरले ल्यायो अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा

बुवा केयरले ल्यायो अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । बुवा केयर प्रालीले डिल्लीबजारस्थित् एशियन डाइग्नोस्टिक सेन्टरको व्यवस्थापन जिम्मा लिएको छ।

काठमाडौं एक समारोहको आयोजना गर्दै बुवा केयरले एशियन डाइग्नोस्टिक सेन्टरको व्यवस्थापन जिम्मा लिएको हो।

बुवा केयरका म्यानेजिङ डाइरेक्टर शंकर पोखरेलले अब सो संस्थाको अध्यक्षता गर्ने भएका छन्। पोखरेल १६ वर्षको व्यावसायिक बैंकिङ करियरलाई विश्राम दिँदै सो क्षेत्रमा प्रवेश गरेका हुन्।

नवनियुक्त अध्यक्ष पोखरलेले संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने, चौबिसै घण्टा ल्याब र फार्मेसी सेवा सञ्चालन गर्ने तथा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म वरिष्ठ डाक्टरबाट ओपिडी सेवासमेत सुरु गरेको जानकारी दिएका छन्।

बुवा केयरले विगत १ वर्षदेखि नि:शुल्क रुपमा बृहत स्वास्थ्य शिविर गर्दै आईरहेको छ भने स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाँउमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नि:शुल्क रुपमा स्वास्थ्य शिविर, आखाँ शिविरको आयोजना गर्दै आइरहेको छ।

बुवा केयरले विशेष गरी बुवा तथा आमाहरूलगायत आफ्ना सदस्यका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरीय प्याथलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरीय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको बताएको छ।

Logo