सुरु भयो बागमती प्रदेशको ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको प्रमोसनल र्याली

सुरु भयो बागमती प्रदेशको ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको प्रमोसनल र्याली

केन्द्रबिन्दु
42
Shares

बागमती प्रदेश सरकारले ‘बागमती भ्रमण वर्ष २०२४’ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली सुरु गरेको छ ।

नासा फाउन्डेसनको व्यवस्थापनमा सोमबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट र्यालीको प्रारम्भ भएको हो । र्यालीमा तीन वटा गाडी र १३ जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । उनीहरु पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेका छन् । आगामी दिनमा उनीहरु दोलखा भिमसेन, सिन्धुलीगढी, मकवानपुर गढी, सौराहा, त्रिशुली नदी र्याफ्टिङ, नुवाकोट दरवार, मैलुङ झरना, देवीघाट, मार्खु आदि स्थानमा पुग्ने छन् र ललितपुरको गोदावरीमा आएर र्याली समापन हुनेछ ।

र्यालीमा सहभागीहरुले बागमतीका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन गर्ने र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको वारेमा विवरण संकलन गर्ने बताइएको छ ।

सहभागीहरुले संकलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा प्रस्तुतिकरण गरिने र प्राप्त सुझावहरु समेटी अन्तिम प्रतिवेदन तयार गरिने छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तायार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत ड्राइभ टुरिजमका गन्तव्यहरुलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ ।

Logo