सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफरः एस२४ सिरिजको स्मार्टफोन किन्दा ग्यालेक्सी बड्स एफई साथमा पाइने

सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफरः एस२४ सिरिजको स्मार्टफोन किन्दा ग्यालेक्सी बड्स एफई साथमा पाइने

केन्द्रबिन्दु
56
Shares

सामसङले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र पाँच हजार थप गरी १५ हजार मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि ग्राहकले साथमा पाउने अफर ल्याएको छ ।

ग्राहकले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्नेछन् ।

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ । आफ्नो नागरिकताको साथ ग्राहकहरूले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रुपैयाँ पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समावेश हुने गरी यो बन्डल खरिद गर्न सक्छन् ।

यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

Logo