चर्चामा दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी, ५ दिनमै १४ हजार बुकिङ

चर्चामा दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी, ५ दिनमै १४ हजार बुकिङ

केन्द्रबिन्दु
210
Shares

चांगानको दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी यतिबेला ग्राहकको पहिलो रोजाई बन्न पुगेको छ । सार्वजनिक भएको ५ दिनमै १४ हजार १२६ वटा बुकिङ भएको कम्पनीको दाबी छ ।

२४ हजारदेखि ४३ हजार ८०० डलरसम्म मूल्य तोकिएको जी–३१८ ६ भेरियन्टमा उपलब्ध छ । यसमा सिंगल मोटर रियर ह्विल ड्राइभ र डुअल मोटर फोर ह्विल ड्राइभ भेरियन्ट उपलब्ध छन् । इन्ट्री लेभल टु ह्विल ड्राइभको अहिले प्रि अर्डर भएको हो, जसको डेलिभरी आगामी अगष्टबाट सुरु हुने कम्पनीले जनाएको छ ।

चांगानको इनोभेटिभ ब्लु कोर प्लेटर्फममा बनेको जी–३१८ मा १.५टी रेन्ज एक्सटेन्डर, हाई पर्फमेन्स इलेक्ट्रिक मोटर र गोल्डन शिल्ड ब्याट्री रहेको छ । यो कम्बिनेसनले रियर ह्विल ड्राइभमा १८५ किलोवाट र फ्रन्ट ह्विल ड्राइभमा १३१ किलोवाट पावर उत्पन्न गर्छ । खसाइबर मेटल आर्मरले यो एसयुभीको एक्टेरियर डिजाइनलाई रगेड बनाएको छ भने यसको ग्राउन्ड क्लेरेन्स २४० एमएम रहेको छ ।

कम्पनीका अनुसार यसमा फ्रन्ट सिट भेन्टिलेसन र हिटिङ, इन्टेलिजेन्ट एडाप्टिभ क्रुज कन्ट्रोल, ५४० डिग्रीको पनोरामिक क्यामेरा र दिपल अपरेटिंग सिस्टम रहेका छन् । साथै यसमा डबल लेयर्ड साउन्ड प्रुफ ग्लास, इएनसी एक्टिभ न्वाइज क्यासेलेसन र आर इपीएस स्टेरिङ सिस्टम जडान गरिएको छ ।

Logo