ईभी भर्सनमा आयो सिट्रोनको सी३ एयरक्रस, यस्तो छ मूल्य र फिचर

ईभी भर्सनमा आयो सिट्रोनको सी३ एयरक्रस, यस्तो छ मूल्य र फिचर

केन्द्रबिन्दु
98
Shares

एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड सिट्रोनले युरोपेली बजारमा सी३ एयरक्रसको ईभी भर्सन सार्वजनिक गरेको छ । जसलाई ग्राहकले राम्रै रुचाइरहेका छन् ।

बक्सी डिजाइनमा तयार पारिएको यो ईभीमा एलईडी हेडल्याम्प, रियर पार्किङ सेन्सर एबं क्यामेरा, हेड–अप डिस्प्ले, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, र वायरलेस चार्जिङ लगायत फिचर उपलब्ध छ । ४.३९ मिटर लामो सो कार ७ सिटर एसयूभी सेग्मेन्टमा आएको हो ।

कारमा ४४ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ भने इलेक्ट्रिक पावरट्रेनले १११ बीएचपी पावर उत्पादन गर्छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको यो कारको टप स्पिड भने १४५ किलोमिटर प्रतिघण्टा छ । १०० किलोवाट क्षमताको चार्जरले यसलाइ २६ मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यसको मूल्य २७ हजार ४०० यूरोबाट सुरु हुने बताइएको छ । भारतमा उत्पादन भएपछि यो नेपाली बजारमा समेत आउने सक्नेछ ।

Logo