गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्म छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
42
Shares

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।

सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकका ग्राहकहरुले ग्क्ब् मा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेन्टाेरल्याव इडेक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशत सम्म छुट पाउने छन् ।

मेन्टाेरल्याव इडेक्सले बालबालिकाहरुलाई काेडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Logo