काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७० करोडकाे बजेट

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७० करोडकाे बजेट

केन्द्रबिन्दु
224
Shares

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख बालेन शाहको अध्यक्षतामा सुरु भएको महानगरपालिकाको १५औँ अधिवेशनमा सुनिता डंगाेलले आगामी आवका लागि साे आकारकाे बजेट प्रस्तुत गरेकी हुन् । यसअघि महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियाे ।

महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट १ अर्ब ५० करोड रुपैयाँ हुने आम्दानी हुने पनि बताइएको छ ।

‘काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१/८२ को लागी कूल रु २५ अर्व ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौं ।’ बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख डंगाेलले भनिन्, ‘यसअन्तर्गत काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल रु १ अरब ५० करोड रहेको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ ।’

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजना अन्तर्गत ढल हित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरु प्रस्ताव गरेको छ ।

पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले विनियोजन गरेको छ । जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ । सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको डंगालले बताइन् ।

Logo