भाका नाघेका ऋणीहरुलाई एनआईसी एशिया बैंकले ल्यायाे ३५ प्रतिशतसम्म छुटकाे योजना

भाका नाघेका ऋणीहरुलाई एनआईसी एशिया बैंकले ल्यायाे ३५ प्रतिशतसम्म छुटकाे योजना

केन्द्रबिन्दु
42
Shares

एनआईसी एशिया बैंकले भाका नाघेका कर्जा ग्राहकहरुलाई ब्याजमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी योजना सार्वजनिक गरेको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यसहित बैंकले यो योजना ल्याएको हाे । यस योजनाअनुसार २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यहीँ महिनाको मसान्तसम्ममा चुक्ता भुक्तान गरे ग्राहकहरुले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट पाउनेछन् ।

यस्तै साधारण वक्यौता ब्याज रकममा समेत बैंकले विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । भाका नाघेका ऋणीलाई ९१ दिनदेखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाका नाघेका ऋणीलाई ३५ प्रतिशतसम्म छुट दिने तयारी बैंकको छ ।

Logo