अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैनः गभर्नर अधिकारी

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैनः गभर्नर अधिकारी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिँदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ–आफ्नो व्यवसाय गर्दा स्वमूल्यांकन चाँहि गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ?’

राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए । साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका उनले आवश्यक सुझावहरु संकलन गरिरहेको बताए ।

Logo