यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ। मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ। मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको थियो।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ रहेको छ। यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ।

Logo