प्रभु बैंक र मुस्ताङ्गका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

प्रभु बैंक र मुस्ताङ्गका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखद्धरा हस्ताक्षर गरिएको छ।

सम्झौतानुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण मुस्ताङ्ग नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ। अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्यभन्दा अलि भिन्न किसिमको छ। मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल, लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ्ग स्याऊ,आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ।

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारिको ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ्ग जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्नसकिने छ। बैंकले Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha सँग सम्झौता गरेको हो।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

Logo