एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम, अब सेवामा अवराेध नहुने

एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम, अब सेवामा अवराेध नहुने

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको कम्पनीकाे दाबी छ ।

मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपुर्तिमा असर परेको अवस्था थियो ।

आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उदेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।

अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पुनः संचालनमा ल्याउन र्यापिड रेस्पोन्स टोली जिम्मेवार रहने कम्पनीले जनाएकाे छ ।

यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध रहेकाे बताइएकाे छ ।

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको छ ।

Logo