घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष  २०८०।८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो । राष्ट्र बैंकका अनुसार रियल स्टेट  र हाउजिङ दुवैमा

Logo