यी हुन् पछिल्लो समय नेपाल भित्रिएका पाँच ईभी गाडी, कुन सस्तो, कुन छ राम्रो ?

यी हुन् पछिल्लो समय नेपाल भित्रिएका पाँच ईभी गाडी, कुन सस्तो, कुन छ राम्रो ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपालमा ईभी प्रतिको क्रेज बढ्दै गएको विषयलाई मध्यनजर गर्दै गाडीका बिक्रेता कम्पनीहरूले ईभी गाडी सार्वजनिक गर्ने क्रम जारी छ । एकपछि अर्को ईभीका नयाँ/नयाँ गाडी भित्रिने क्रमले निरन्तरता पाइरहँदा नेपाली सडकमा पनि दिनहुँ नयाँ ब्राण्डका गाडीको चाप बढ्दै गएको देखिन्छ ।

पहिलाको तुलनामा हाल ईभी प्रयोगकर्ताको संख्या पनि उल्लेखिय वृद्धि हुँदै गएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्ममा विभिन्न देशबाट ११ हजार ४ सय ३८ वटा ईभी सवारी भित्रिएका छन् । नेपालमा २८ अर्ब ७९ करोड १७ लाख रुपैयाँ भन्दा बढी मूल्यको उक्त गाडी भित्रिएका हुन् ।

नेपालमा अपग्रेड वा गाडीमा नयाँ फिचर थपेर ल्याई लन्च गर्ने परिपाटी पनि उत्तिकै छ । सरकारले ईभी गाडीलाई दिएको प्राथमिकता साथै यसको भौतिक पूर्वाधार निर्माणमा दिएको जोडका कारण पनि मान्छेहरू ईभीप्रति सकारात्मक नै छन् । निजी क्षेत्र आफैंले पनि यसको आवश्यक पूर्वाधार धमाधम तयार गरिराख्दा यसका प्रयोगकर्ता पनि ढुक्क भएर प्रयोग गर्नबाट पछि हट्दैनन् ।

गाडी व्यवसायी इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीको गाडी माग बढ्दो रहेको बताउँछन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले ईभी प्रतिको मान्छेको इनक्वायरी उच्च रहेको बताए ।

‘ईभी गाडीको माग अहिलेको अवस्थामा नेपाली बजारमा सन्तोषजनक रहेको छ, आगामी आर्थिक वर्षको बजेटबाट गाडीमा लाग्ने कर वृद्धि भएको छ, स्टकमा रहेको गाडीको मूल्य पहिलाकै हुन्छ, तर नयाँ गाडीमा भन्सार शुल्क बृद्धि भएकाले अब आउने गाडीको मूल्य बढ्छ,’ उनले भने ।

फसिल फ्यूलमा आधारित गाडी बिक्री गर्ने कम्पनीले आफ्नो उत्पादनलाई ईभीका कन्भट गर्नेतर्फ लागेका छन् भने नेपालमा गाडी बिक्री गर्ने कम्पनीले पनि ईभीका गाडीभित्रयाउने तयारी गरिरहेका छन् । हुन्डाईको भेन्यु गाडी भने स्वदेशमा नै उत्पादन भई बिक्री शुरु भइरहेको छ । वि.सं. २०८१ को असारसम्ममा विभिन्न कम्पनले आफ्नो नयाँ प्रडक्ट भित्र्याई बिक्री वितरण शुरु गरिसकेका छन् । जसमध्ये केही कम्पनीले नेपाल ल्याई सार्वजनिक गरेका ईभीको गाडीको विशेषता र मूल्य हेरौं-

सेरेस थ्री

नेपाली बजारमा केही समय अगाडि मात्र सार्वजनिक भएको ईभी गाडी हो, ‘सेरेस ३’ । सुविधा सम्पन्न फिचरका साथ अपग्रेड भइ नेपाल आएको यो गाडी नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले बिक्री गर्दै आएको छ । कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध ‘सेरेस ३’ को माग बजारमा राम्रो रहेको बिक्रेता कम्पनीले बताएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ बाट गाडीमा कर बढाएता पनि यो गाडी पहिलाकै मूल्यमा उपलब्ध रहेको बिक्रेता कम्पनी एमएडब्लु वृद्धि अटोकर्पले जानकारी दिएको छ । थ्रीको फ्रन्ट फेसियामा परिमार्जन हुनुका साथै एलईडी डीआरएल र सेरेसको ब्याच उपलब्ध भएको पनि कम्पनीले बताएको छ ।

९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्री भएको यस गाडीले ४०५ किमी (एनईडीसी) को रेन्ज प्रदान गर्दछ । अन–रोड तथा अफ–रोड दुवै सडकमा मज्जाले कुदाउन सकिने यो गाडीको मूल्य कम्पनीले कम्फर्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस जस्ता सुविधा पनि यस गाडीमा समावेश गरिएको छ । १८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेनमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनमेन्ट सिस्टम रहेको सेरेस ३ नेपाली सडक र भूगोल सुहाउँदो रहको छ । एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली सडकमा करिव तीन सयभन्दा बढी सेरेस गाडी गुडिरहेका बताए । नेपाली ग्राहकलाई गाडी बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।

ई–सीथ्री शाइन

सिट्रोन ब्राण्डको ई–सीथ्री शाइन नेपालमा केही महिना अगाडि मात्र भित्रिएको गाडी हो । नेपाली बजारमा यो गाडी फिचर थपिएर आएपछि धेरै ग्राहकको नजरमा सिट्रोन ई–सीथ्री शाइनले लोकप्रियता कमाइसकेको छ । फ्रान्सेली ब्रान्ड सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले यो गाडी सार्वजनिक गर्ने क्रममा ई–सीथ्री शाइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको थियो ।

नेपाली सडकमा उपयुक्त हुने ई–सीथ्री गाडीमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचर समावेश गरिएका छन् । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याइने विश्वास कम्पनीले जनाएको छ ।

स्काईवेल प्रिमियम लक्जरी ईभी ‘ईटी५’

स्काईवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रा.लि.ले प्रिमियम लक्जरी ईभी ‘ईटी५’ एसयूभी यही वैशाखमा सार्वजनिक गरेको थियो । ६२० किलोमिटर रेन्ज दिने यो गाडीको आकर्षक फिचर भएकाले यो धेरैको रोजाइमा पर्दै आएको गाडी पनि हो ।

यो ईभी गाडी खरिद गर्दा १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा पनि कम्पनीले सार्वजनिक गर्दाको क्रममा दिएको छ । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) भएको यस गाडीमा १५० किलोवाट मोटर क्यापासिटी रहेको छ ।

स्काईवेल ईटी छमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर भएको यो गाडीको टप स्पिड १६० प्रतिघण्टा भन्दा बढी छ । जसको मूल्य कम्पनीले १ करोड ९ लाख रुपैयाँ तोकेको छ । जी मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले गाडीमा अटो पार्किङ्ग, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर साथै फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ आदि आधुनिक फिचरहरू रहेका बताए । कम्पनीले यो गाडी गत वर्ष नै नेपाल भित्र्याए पनि औपचारिक रूपमा यही वैशाखमा सार्वजनिक गरेको हो ।

हुन्डाई भेन्यु

नेपालमा पहिलो पटक लक्ष्मी मोटर कर्पोरेसनले उत्पादन गरी बिक्री गर्दै आएको भेन्यु मोडलको ग्राहकले निकै रुचाइएको कार मध्येको एक हो । नेपालमा बन्ने भेन्यु गाडी बनावट, गुणस्तर, पर्फमेन्सका हिसाबले पनि दमदार रहेको बताइएको छ । हाल बिक्री भइरहेको मेड इन नेपाल ‘भेन्यु एस’को मूल्य ४४ लाख ९६ हजार र ‘भेन्यु एसएक्स’को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । नेपालमै बनेको हुन्डाइको भेन्यु कार ६.९९ प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ । कम्पनीले ल्याएको हुन्डाइ नेपालः मेड फर योर जर्नी नामक ग्राहकमुखी योजनाअनुसार ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टीको सुविधा दिइएको छ ।

नामी

नामीको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी एमडब्लु वृद्धि अटोकर्पले यो गाडी नेपाल भित्र्याएको धेरै समय भएको छैन । डङफेङ मोटरले उत्पादन गरेको यो ह्याचब्याक कार ३.७ मिटर लामो, २.५ मिटर चौडाइ र १.५ मिटर उचाइ रहेको छ । ७० किलोवाटको मोटर क्षमता रहेको रहको यस ईभी गाडीको ह्वीलबेस २ हजार ४२३ एमएमको रहेको छ । एक पटकको फुल चार्जमा ३३० किलोमिटरको दुरी पार गर्न सक्ने यस बक्स मोडलको गाडीको मूल्य कम्पनीले ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

Logo