प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
112
Shares

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंक लिका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

यसैगरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीच निकै रुचाईएको यस होटलमा साउना, स्टिम, स्विमिङ पुल, फिटनेस सेन्टर लगायतको सुविधा रहेको छ ।

Skip This
Logo