प्रभु इन्स्योरेन्सद्वारा हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

प्रभु इन्स्योरेन्सद्वारा हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

केन्द्रबिन्दु
112
Shares

प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनसम्बन्धी कार्य गर्न बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

प्रभु इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पु¥याउन रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता अर्थात रु.८३ करोड ५० लाख १३हजार ५४४ हकप्रद शेयर निष्काशन गर्दैछ । त्यसका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ती गरेको हो ।

दुई पक्षिय उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ ।

Skip This
Logo