रिलायन्स स्पिनिङ मिल्सको असार २७ देखि आईपीओ खुल्ने, कतिमा भर्न पाइन्छ ?

रिलायन्स स्पिनिङ मिल्सको असार २७ देखि आईपीओ खुल्ने, कतिमा भर्न पाइन्छ ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ देखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुलाउने भएको हो । 

उत्पादनमूलक उद्योगका रुपमा विराटनगरमा धागो उत्पादन गरिरहेको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आईपीओ खुलाइने भएको बताएको छ ।  धितोपत्र बोर्डले लामो समयदेखि आईपीओ बिक्रीको अनुमतिमा रहेको रिलायन्सको प्रक्रिया स्वीकृत गरेपछि यही असारदेखि बिक्री खुल्ने छ । 

प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने यो आईपीओ लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि कम्पनीले सेयर बिक्री गर्नेछ । लगानीकर्ताले आईपीओमा साउन १० गतेसम्म आवेदन दिन पाउनेछन् ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उद्योगले वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । यो कूल बिक्री हुन लागेको सेयरको १० प्रतिशत हो । कम्पनीले सर्वसाधारणका लागि कूल ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री खुलाउनेछ ।

Skip This
Logo