ग्लोबल आईएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी सम्झौता

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालि बीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । साथै ग्लोबल आईएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ ।

समझदारीपत्रमा साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका सञ्चालक बेंकटेस मुन्दराले हस्ताक्षर गरे । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सो पश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ ।

साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवन मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

Skip This
Logo