आज नेपाली बजारमा सुन १ सय रूपैयाँले बढ्याे, चाँदीको मूल्य कति ?

आज नेपाली बजारमा सुन १ सय रूपैयाँले बढ्याे, चाँदीको मूल्य कति ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन शुक्रबार १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको  छ । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo