आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि  सोही  मूल्यमा कारोवार  भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

Logo