सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित मूल्यका दरले ४६ लाख ७२ हजार ९४५ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई बनेको यस संस्थाको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार पाँच सय आठ रुपैयाँ पचास पैसा रहेको छ । यस संस्थाको पूँजी संरचना संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारणतर्फ २९.६४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको एफपीओ विक्री अवधि छिटोमा साउन ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन १८ गतेसम्म विक्री लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Logo