बक्यौता रकम नतिर्ने जगदम्बा स्टिलमा पनि काट्यो प्राधिकरणले बिजुली

बक्यौता रकम नतिर्ने जगदम्बा स्टिलमा पनि काट्यो प्राधिकरणले बिजुली

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौता नतिर्ने उद्योगमा लाइन काट्ने अभियान चलाएको नेपाल नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिलको पनि लाइन काटेको छ । बिजुली चलाए वातपनको ठूलो रकम भुक्तानी उद्योगले प्राधिकरणलाई नगरेपछि लाइन काटिएको हो ।

प्राधिकरणले बक्यौता वापतको रकम तिर्नका लागि उद्योगहरूलाई अहिले ताकेता गरिहरको छ । प्राधिकरणका अनुसार जगदम्बा स्टिलले डेडिकेटेड लाइनको बक्यौता र थप २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ बुझाउन बाँकी छ ।
प्राधिकरणले उक्त स्टिल उद्योगमा गएरातिदेखि नै बिजुलीको लाइन काटेको बताइएको छ । अहिलेसम्म प्राधिकरणले ६ वटा उद्योगहरूको लाइन काटिसकेको छ । यसअघि अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ, लगायतका उद्योगका लाइन काटेको थियो ।

डेडिकेटेड लाइनको बक्यौता र जरिवाना समयमा नतिरे उद्योगमा लाइन काट्ने प्रक्रियालाई निरन्तरता दिइराख्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार विभिन्न नामक ६१ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणले बताए अनुसार रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड, घोराही सिमेन्टको ४० करोड ६८ लाख, अर्घाखाँची सिमेन्टको ३५ करोड ८८ लाख, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख भन्दा बढी बक्यौता वापतको रकम तिर्न बाँकी छ । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौता नतिरेसम्म उद्योगमा लाइन नजोड्ने प्राधिकरणको चेतावनी छ ।

यद्यपि विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि उद्योगीहरूले आपत्ति जनाउँदै आएका छन् । प्राधिकरणले उद्योगको विद्युत लाइन नजोडे आफ्नो उद्योगमा आफै बिजुली काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् ।
यदि प्राधिकरणले महसुल तिर्नुपर्ने प्रमाण दिए आफूहरू तिर्न तयार रहेको बताउँदै आएका उद्योगी लाइन काटिएका पाँच उद्योगहरूको लाइन जडान नगरिए आफै बिजुली कटौती गर्ने बताएका हुन् ।

Logo