आज यस्तो छ, विदेशी मुद्राको विनियमदर

आज यस्तो छ, विदेशी मुद्राको विनियमदर

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर नै छ ।

जस्तै, अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा छ । युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ ।  अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी,  कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा रहेको छ ।

Logo