कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले पाउँछन् किन्न ?

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले पाउँछन् किन्न ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनीकाे नाममा रहेको ८८ हजार २०९ कित्ता सेयर बिक्रीमा आएको हो ।

आइतबार एक सूचना जारी गर्दै कुमारी बैंकले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र बैंकको रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय पुगेर आवेदन दिन सक्नेछन् ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ । यदि तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा भने उक्त सेयर संस्थापकभन्दा बाहिर बिक्री गरिने बताइएको छ ।

Logo