फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले  बढेको  हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  १ लाख ४६ हजार ९ सय रूपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार  २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार  तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Logo