फेरि बढ्यो इन्धनको मूल्य

फेरि बढ्यो इन्धनको मूल्य

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जनाएको छ ।

Logo