आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Logo