सागर ग्रुपले भित्र्यायाे ब्रदरका ६ वटा मोडलका प्रिन्टर, उत्कृष्ट प्रदर्शनसँगै आकर्षक फिचर

सागर ग्रुपले भित्र्यायाे ब्रदरका ६ वटा मोडलका प्रिन्टर, उत्कृष्ट प्रदर्शनसँगै आकर्षक फिचर

केन्द्रबिन्दु
70
Shares

सागर ग्रुपले नेपालमा पहिलोपटक टोनर बक्स सिरिज अन्तर्गतका विभिन्न मोडलका प्रिन्टर भित्र्याएको छ । सो ग्रुपले नेपाली बजारमा ब्रदरका तीन वटा सिरिजको ६ वटा नयाँ मोडलका प्रिन्टरहरु भित्र्याएको हो ।

बजारमा हाल ब्रदरको DCP-B7620DW, DCP-B7640DW, MFC-B7810DW, HL-B2100D, HL-B2150W र HL-B2180DW मोडलको प्रिन्टर उपलब्ध छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरु आधुनिक फिचरले सुसज्जित छन् । २५० सिट पेपर ट्रे क्षमता भएका यी सबै प्रिन्टरको प्रिन्ट स्पिड ३४ पीपीएम रहेको छ ।

स्मार्ट लुक्स, उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता भएका उक्त प्रिन्टरहरू अहिले बजारमा उपलब्ध भइसकेको सागर ग्रुपले जानकारी दिएको छ ।

बजारमा उपलब्ध भएसँगै मोनोक्रोम लेजर अल इन वान टाइपको DCP-B7620DW, DCP-B7640DW, MFC-B7810DW प्रिन्टरको माग बढ्दै गएको बताइएको छ । उक्त प्रिन्टरमा वायरलेस, इथरनेट कनेक्टिविटी, वाइफाइ डिरेक्ट र मोबाइल प्रिन्टिङको सुविधा पनि दिइएको छ । जसले गुणस्तर प्रिन्ट निकाल्नको लागि मद्दत पुर्याउने गर्छ ।

६० टु १६३जीएसएम सिङ्गल सिट म्यानुअल फिड भएका यी प्रिन्टरहरु अन्यको तुलनामा क्षमताका हिसावले पनि उत्कृष्ट रहेका छन् । यस्तै, HL-B2100D, HL-B2150W र HL-B2180DW मोडलको प्रिन्टरमा २६०० पेजको टोनर बक्स छ । HL-B2150W र HL-B2180DW प्रिन्टरलाई यूएसबी, वाइफाइ र इथरनेटको कनेक्टिविटीबाट चलाउन सकिन्छ । तर, HL-B2100D प्रिन्टरमा यूएसबी २.० मात्र हुनेछ ।

सागर ग्रुपका अनुसार यी ६ वटै मोडलका प्रिन्टरहरुबाट प्रति प्रिन्ट ०.६० पैसा खर्च आउने गर्छ । उक्त प्रिन्टरहरूको विशेषता अनुरूप मूल्य भिन्न–भिन्न तोकिएको छ । तर, अन्यको तुलनामा यी नयाँ मोडलका प्रिन्टरहरू सस्तो पर्ने कम्पनीको भनाइ छ ।

प्रिन्टर व्यवसायी प्रेम दाहाल लामो समयदेखि यही कम्पनीबाट ब्रदरका प्रिन्टर लगेर बिक्री गर्दै आएको बताउँछन् । ‘बिक्री पछिको सेवा पनि कम्पनीको राम्रो छ, प्रयोगकर्ताले पनि ब्रदरका प्रिन्टर रुचाएका कारण यहीबाट लगेर बिक्री गर्छौं,’ उनले भने ।

जापानिज कम्पनी ब्रदर इन्टरनेशनल कर्पोरेशनद्धारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय छन् । औसत मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले पनि यसको माग बजारमा उच्च रहेको कम्पनीले बताएको छ । यदि प्रिन्टर बिग्रिएमा वा समस्या आएमा कम्पनी आफैले मर्मत गरिदिने सुविधाका कारण पनि ब्रदर प्रिन्टर प्रतिको क्रेज आम उपभोक्ताबीच चुलिँदै गएको हो ।

सागर ग्रुपले डिलरलाई मात्र नभई सोजै ग्राहकलाई पनि प्रिन्टर बिक्री गर्दै आएको छ । यति मात्र नभई ब्रदरका उत्पादन अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था सो ग्रुपले मिलाएकाे हुँदा प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि थप सहज भएको छ । ग्राहकले बेलियो डटकममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ ।

Logo