घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो । 

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।

Logo