कुशल नेतृत्वसँगै बैंकिङ क्षेत्रमा महिला सहभागिता बढ्दो

कुशल नेतृत्वसँगै बैंकिङ क्षेत्रमा महिला सहभागिता बढ्दो

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सरकारी कार्यालयमा होस् या निजी क्षेत्रबाट सञ्चालित संस्थामा पछिल्लो समय महिला कर्मचारीको बाहुल्यता बढ्दो छ । कुशल नेतृत्व साथै अब्बल व्यवस्थापनबाट महिलाले समाजमा छाडेको छापका उदाहरण धेरै छन् । जुनसुकै पदमा बसेर पनि राम्रो काम गर्न सक्छन् है भनेर देखाउन सफल भएका महिला नेतृत्वको चर्चा बेला–बेलामा भई राख्छ ।

परिणामस्वरूप आज हरेक क्षेत्रमा महिला अग्रसर छन् । उदाउँदै गरेको महिला शक्ति क्षमताका हिसाबले पनि निकै अगाडि छन् भन्दा फरक पर्दैन । किनभने हरेक क्षेत्रमा महिलाको सक्रिय सहभागिता उच्च हुँदै गएको छ । पहिला–पहिला छोरीलाई पढाउनु हुँदैन, उनीहरूले बाहिरको काम गर्न सक्दैनन्, महिला घरायसी काममै ठिक छन् भन्ने गलत मनसायका कारण महिलालाई अवसरबाट वञ्चित जस्तै गरिन्थ्यो । तर, बिस्तारै महिला अधिकार साथै महिला सशक्तीकरणका कुराहरू उठ्दै गए । जसले महिलालाई अवसरको वातावरण सिर्जना गर्दै लग्यो । र, अहिले यो क्रम धेरै हदसम्म कम भइसकेको छ ।

यसले पूर्णता भने पाएको छैन । यद्यपि महिलाले अवसर भने पर्याप्त पाएका छन् । घर चलाउने मात्र हैन, अहिले सरकारदेखि बैंकिङ लगायका क्षेत्रसम्म चलाउन महिलाको भूमिका अहम् छ । महिला वर्गको समानुपातिक विकास र विकासका हरेक क्रियाकलापमा उनीहरूको सक्रिय सहभागिता हुन अनिवार्य छ । त्यसैले त भनिन्छ, ‘समाजको विकास साथै देश विकासलाई अगाडि बढाउनु भने महिलालाई समान अवसर प्रदान गर्नुपर्छ ।’

‘एनएमबीले महिलाको पनि क्षमता पहिचान गरी उच्च तहसम्म पुर्याउन उद्देश्य राखी यो कार्यको सुरुवात गरेको हो ।’

नेपालको संविधानले पनि महिला अधिकारको सुनिश्चितता गरेको छ । अहिले हरेक महिला कर्मचारीको क्षमता विकास गर्नको लागि तालिम लगायका कार्यक्रम सम्बन्धित संस्थाले आयोजना गर्ने अभ्यासले पनि प्राथमिकता दिइएको पाइन्छ । महिला सशक्तीकरणलाई योजनाबद्ध तरिकाले अपनाएका संस्थाको उचाइले फड्को मारेको देख्न पनि सकिन्छ ।

नेपालमा पछिल्लो समय महिलामा बैंकिङ क्षेत्रप्रतिको क्रेज चुलिँदै गएको छ । त्यसले बैंकमा आज क्यासियरदेखि म्यानेजरसम्मको पदमा महिलाको सक्रिय सहभागिता बढ्दै गएको छ । बैंकिङ पेशालाई सम्मानित पेशाका रूपमा मानिने भएकाले यस क्षेत्रमा आकर्षण बढ्नु स्वाभाविक हो । यद्यपि बैंकिङ क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको देखिएता पनि नेतृत्व तहमा पुग्ने संख्या चाहिँ तुलनात्मक रूपमा कम छ । सोही विषयलाई मध्यनजर गर्दै एनएमबी बैंकले महिला कर्मचारीलाई दिने अवसरमा कुनै कन्जुस्याइँ गर्नु हुँदैन भन्ने मान्यता राखी अघि बढिरहेको छ । कार्यरत महिला कर्मचारीको क्षमता विकासको लागि निकै महत्व दिँदै आएको यस बैंकले महिलालाई सशक्त बनाउनको लागि महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो ।

महिला-पुरुषकाे सहभागितालाई बराबरी बनाउनेतर्फ एनएमबी बैंक लागेको छ ।

बैंकमा कार्यरत महिला कर्मचारीलाई पनि नेतृत्व तहमा पुर्याउनु पर्छ भन्ने उद्देश्यका साथ महिला सशक्तीकरणका कार्यक्रमहरूलाई पनि उच्च प्राथमिकता दिएको एनएमबी बैंककी मानवीय संसाधन (एचआर) अफिसर रूस्मा गड्तौलाले बताइन् । बैंकले महिलालाई उच्च ओहदामा बसेर काम गर्न सक्ने बनाउनको लागि यस्ता कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।

एनएमबी बैंकले सन् २०२७ सम्म आफ्ना कार्यालयमा महिला र पुरुषको ५०/५० प्रतिशत सहभागिता पुर्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण (जेसी) कार्यक्रम सञ्चालनमा ल्याएको गड्तौलाले जानकारी दिइन् ।

‘एनएमबीले महिलाको पनि क्षमता पहिचान गरी उच्च तहसम्म पुर्याउन उद्देश्य राखी यो कार्यको सुरुवात गरेको हो, बैंकले यही कार्यरत महिला कर्मचारीलाई तालिम तथा गोष्ठीको आयोजना मार्फत क्षमता विकास गरी धेरै महिला साथीहरूलाई बैंकको ब्रान्च म्यानेजर पनि बनाएको छ,’ उनले भनिन् । अहिले एनएमबीमा महिला र पुरुष गरी १९ सय ५४ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ७ सय ८२ जना महिला कर्मचारी रहेको गड्तौलाले बताइन् ।

तर, अब भने यो सहभागितालाई बराबरी बनाउनेतर्फ एनएमबी बैंक लागेको छ । उनका अनुसार एनएमबी बैंकले महिलाको उच्च क्षमताको कदर गर्दै महिलाको सहभागितामूलक सिकाइलाई प्राथमिकता दिँदै आएको छ ।

महिलाको प्रतिभा र क्षमताको मूल्यांकन गर्दै महिला समावेशितालाई पनि बैंकले उतिकै अवसर दिइने गड्तौलाले बताइन् । ‘महिलाको क्षमता विकासको लागि एनएमबी बैंक निकै अगाडि छ, महिलालाई कसरी हुन्छ बैंकको राम्रो पोजिशनमा पुर्याउन बैंकको उद्देश्य हो, सोही अनुसार बैंकले महिलासँग जोडिएका कार्यक्रमहरू पनि आयोजना गरिरहेको हुन्छ,’ उनले भनिन् ।

महिलालाई अवसर र क्षमता विकास गर्नमा एनएमबीले कुनै कसुर बाँकी नराखेको गड्तौलाले जानकारी दिइन् ।

एनएमबी बैंकले महिला नेतृत्व कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । अन्य संस्थामा एनएमबीले महिला सशक्तीकरणमा गरे जस्तो कार्यक्रम नगरेको उनको भनाइ छ । महिला कर्मचारीको सहजताका लागि बैंकले अनेकौं विधि अपनाएको उनको तर्क छ । महिला सशक्तीकरणका विषयमा अन्य संस्थाका तुलनामा एनएमबी निकै अब्बल छ । किनभने एनएमबीले महिलालाई अवसर प्रदानसँगै क्षमता विकासलाई पनि उतिकै फोकस गरिरहेको हुन्छ ।

डिजिटल बैंकिङ सेवालाई विस्तार वा भएका सेवालाई अपग्रेड गरी सहज सेवाको रणनीति बुनिरहेको यसका बैंकका १८७ एटिएमहरू छन् ।

महिलाले हाँक्छन् एनएमबीका १६ शाखा

एनएमबी बैंक गुणस्तरीय सेवाका हिसाबले निकै अगाडि छ । ग्राहकको विश्वासिलो बैंकका रूपमा चिनिने एनएमबीका देशभरका विभिन्न स्थानमा २०१ वटा शाखा छन् । डिजिटल बैंकिङ सेवालाई विस्तार वा भएका सेवालाई अपग्रेड गरी सहज सेवाको रणनीति बुनिरहेको यसका बैंकका १८७ एटिएमहरू छन् ।

यस्तै, बैंकका अनुसार ११ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान हुँदै आएको छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै अगाडि बढी रहेको यस बैंकले महिला कर्मचारीलाई दिएको अवसर अतुलनीय छ । एनएमबीका उक्त शाखामध्ये १६ वटा शाखामा महिला म्यानेजर रहेको गड्तौलाले जानकारी दिइन् । ‘एनएमबी बैंकका धेरै शाखामा महिलाको संख्या बढ्दो छ, महिला म्यानेजरको संख्या अब वर्षेनी बढ्दै जान्छ, जसको लागि बैंक आफैले विभिन्न कदम चालिरहेको छ,’ उनले भनिन् ।

यति मात्र नभई ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशका १/१ शाखामा महिलाले मात्र नेतृत्व गरिरहेका छन् । ‘१/१ प्रदेशका एकएक शाखा महिलाले चलाइ राख्नु भएको छ, त्यहाँ म्यानेजर मात्र महिला हैन, कर्मचारी पनि सबै महिला हुनुहुन्छ, ती शाखामा पुरुषको सहभागिता छैन, जुन खुशीको विषय पनि हो’ गड्तौलाले भनिन् ।

Logo