प्राधिकरणले ६ उद्योगको बिजुली जोडिदिने

प्राधिकरणले ६ उद्योगको बिजुली जोडिदिने

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६ उद्योगमा बिजुली जोड्ने भएको छ। प्राधिकरणले मंगलबार साँझदेखि ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै ६ वटा उद्योगको लाइन काटेको थियो।

उद्योगमा काटिएको लाइन तत्काल जोड्न विद्युत् नियमन आयोगले प्राधिकरणलाई लिखित निर्देशन दिएपछि यस्तो निर्णय गरेको हो ।

Logo