पाथीभरा मन्दिरमा ४ करोड भेटी सङ्कलन

पाथीभरा मन्दिरमा ४ करोड भेटी सङ्कलन

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब ४ करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रूपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै १ करोड ६ लाख ४३ हजार १ सय ७२ भेटी सङ्कलन भएको थियो ।

पुसमा ३५ लाख २९ हजार, माघमा रु २४ लाख १ हजार ५ सय र फागुनमा ५५ लाख ६० हजार ८ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ
। पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैतमा मात्र ७५ लाख ७ हजार १ सय ५० भेटी सङ्कलन भएको उनले जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार ४ सय, जेठमा १५ लाख ६५ हजार ९ सय ६५ र असारमा १६ लाख ८८ हजार ९ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ । गत आवमा २ लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

Logo