आठ करोड मूल्यको जडीबुटी निर्यात

आठ करोड मूल्यको जडीबुटी निर्यात

केन्द्रबिन्दु
28
Shares

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८० । ८१ मा ८ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।

उक्त आवमा ४ करोड ८० लाख ६० हजार बराबरको १ सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।

यसैगरी, सोही अवधिमा १ करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको १ सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

Logo