मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस–एमालेको समीकरणपछि स्थगन भएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।

नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवं सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् । यता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

चालू आर्थिक वर्षको बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउन नसक्ने धारणा निजी क्षेत्रका छाता संगठनहरूबाट आइसकेको छ । यसकारण पनि मौद्रिक नीतिप्रति निजी र अन्य क्षेत्रका सरोकारावालाको अपेक्षा धेरै छ ।

Logo