मुद्रा सटहीको सीमा ३५ हजारबाट ५० हजार अमेरिकी डलर कायम[पूर्णपाठ]

मुद्रा सटहीको सीमा ३५ हजारबाट ५० हजार अमेरिकी डलर कायम[पूर्णपाठ]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिमार्फत आयातका लागि ड्राफ्ट र टीटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सीमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम गरेको छ ।

बैंकहरूमा विदेशी मुद्राको सञ्चिती बढ्दो अवस्थामा रहेकाले विदेशी विनियममा लिएको कडा नीतिलाई बैंकले खुकुलो बनाएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राहदानी विदेशी विनिमय व्यवस्थापनबारे घोषणा गर्दै राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने घोषणा गर्दै यस्तो बताएका हुन् ।

यस्तै, आयातका लागि ६० हजार डलर तोकिएको सिमा १ लाख डलर पुर्‍याइएको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिबाट सेयर धितो कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै पुँजी कोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।

यस्तै, कर्जा खरिदबिक्रीका लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीहरूलाई बम्पर छुट दिने घोषणा गरिएको छ । मौद्रिक नीति मार्फत चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचीमा पर्ने व्यवस्थालाई हटाइएको छ ।

Logo