सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गराउन सरकारलाई सहजीकरण गर्ने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा रकम फसेका निक्षेपकर्तालाई बैंकले सहजीकरण गर्ने जानकारी दिएका हुन् ।

नेपाल सरकारको २०८१ । ८२ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिने मौद्रिक नीतिमा जनाएको छ ।

Logo