वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई विना धितो ऋण प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरेको छ ।

शुक्रबार सार्वनिक चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो ।

सरकारको आर्थिक वर्ष २०८१ । ८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

Logo