‘बचतको सम्मान र सही लगानी’ बारे लक्ष्मी सनराइज बैंकको ब्राण्ड फिल्म प्रस्तुत

‘बचतको सम्मान र सही लगानी’ बारे लक्ष्मी सनराइज बैंकको ब्राण्ड फिल्म प्रस्तुत

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म सार्वजनिक गरेको छ । ‘हाम्रो बचतको सम्मान र सही लगानी’ शीर्षक रहेको २ मिनेट २० सेकेण्डको यस फिल्ममा बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले देशको उज्ज्वल भविष्यमा पुर्‍याउने योगदानलाई देखाइएको छ ।

फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएको दृश्य देख्न सकिन्छ । उनले जम्मा गरेको सानो बचत जलविद्युत् जस्ता ठूला परियोजनाहरूमा लगानी भई दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।

यस फिल्ममार्फत बैंकमा बचत गर्नुको औचित्य तथा बैंकमा गरिएको बचत प्रयोगबारे जानकारी हुन्छ । यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ । बचत गर्ने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथी भएको कुरा भिडियोमा देखाइएको छ छ । यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सनराइज बैंकले प्रतिबद्वता गरेको छ ।

Logo