बीवाईडीको सुविधा सम्पन्न सर्भिस सेन्टर ललितपुरको कुपण्डोलमा

बीवाईडीको सुविधा सम्पन्न सर्भिस सेन्टर ललितपुरको कुपण्डोलमा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी उद्घाटन गर्दै ललितपुरको कुपण्डोलमा उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । डिलरसँग सहकार्य गरी सञ्चालनमा ल्याएको यो सर्भिस सेन्टर क्षमताका हिसावले पनि निकै ठूलो रहेको बताइएको छ । बीवाईडीको यो उपत्यका भित्रको दोस्रो सर्भिस सेन्टर रहेको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार योसँगै बीवाईडीको सर्भिस सेन्टर देशका विभिन्न स्थानमा १० वटा पुगेको छ । छिटै यी वाहेक पाँच वटा सर्भिस सेन्टरको सञ्चालनमा ल्याउने तयारी रहेको श्रेष्ठले जानकारी दिए । ‘यस सेन्टरमा फूल उपकरण, म्यानपावर अपटिम सर्भिस प्रोभाइट गर्न सक्ने यसको क्षमता छ, गाडीको पूर्ण रूपमा मेन्टिनेन्श हुन्छ, यहाँबाट दैनिक १२ वटासम्म गाडी मर्मत गर्न सकिन्छ,’ उनले भने ।

कम्पनीले बजारमा बीवाईडीको उपस्थिति बढ्दै गएको विषयलाई मध्यनजर गर्दै उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हो । नयाँ सर्भिस सेन्टरको उद्घाटनको क्रममा सीईओ श्रेष्ठले बिक्री पछिको सेवाले पनि बीवाईडी निकै अगाडि रहेको बताए ।
विश्व बजारमासमेत चर्चित बीवाईडीको नेपाली बजारमा क्रेज उच्च छ । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै सर्भिस सेन्टरको विस्तारलाई पनि प्राथमिकता दिएको श्रेष्ठले जानकारी दिए ।

Logo